नेपालका लागि चिनिया राजदूत ऊ चुन्ताईले बुधबार राजधानीमा एक कार्यक्रमका बिच हाइगर बस सार्वजनिक गर्नुभयो । सोही अवसरमा उहाँले बस बुकिङ गर्ने ट्राभल एजेन्सीहरुलाई साँचो समेत हस्तान्तरण गर्नुभयो । नेपालमा इन्टरनेशनल बिजनेश प्रालिले हाइगर बस औपचारिक रुपमा बिक्री बितरण गर्ने स्वीकृति लिएको छ ।
3
हाइगर बसहरु नेपालको भौगोलिक अवस्था र बाटो अनुरुप रहेको हुँदा नेपाली बजारमा छिट्टै लोकपि्रय हुने अधिकृत बिक्रेता इन्टरनेशनल बिजनेश प्रालिका संचालक राजेशकाजी श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । बसमा अत्याधुनिक प्रविधि प्रयोग गरिएको हुँदा यात्रा निकै आनन्ददायी हुने कम्पनीको दाबि छ ।
बसमा तातो-चिसो एयर कन्डिसन र लक्जरियस सिटहरु रहेका छन् । गाडीमा बे्रक लगाउँदा आवाज पनि ननिस्कने कम्पनीको दाबि रहेको छ । कम्पनीका अनुसार हाइगर बसले नेपाली सडकमा ६ किलोमिटरसम्म माइलेज दिने छ । यी बसमा १८ महिना अथवा १ लाख २० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गरिने कम्पनीले जनाएको छ । बिक्रीपछिको सेवालाई ध्यानमा राखेर कम्पनीले वर्कसप तथा स्पेयर्स पाटर््सको प्रयाप्त ब्यवस्था गरेको छ ।
नेपालमा पर्यटकीय सम्भवना प्रचुर भएका कारण पर्यटन लक्षित यी बसहरुको बिक्री अत्यधिक हुने सम्भवना रहेको छ । बसको मूल्य भने डलरको भाउले तय गर्ने राजेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । पर्यटन व्यवसायीहरुले पनि हाइगर बस रुचाएको उहाँले बताउनुभयो ।
सार्वजनिक गरेको पहिलो दिन नै यति ट्राभल्सलाई २ वटा, हाईवेय टुर्स एण्ड ट्राभल्सलाई २ वटा, धर्म एडभन्चरलाई २ वटा, यति होलीडेज र फेवा ट्राभल्सलाई १/१ वटा बसको साँचो हस्तान्तरण गरिएको छ । हाइगर बसले भारतीय ब्राण्डका बसहरुसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । हाइगर बस र भारतीय ब्राण्डका बसहरुको मूल्य बराबर भएका कारण हाइगर बसलाई प्रतिस्पर्धामा उत्रिन कुनै कठिनाई नहुने राजेशकाजी श्रेष्ठले बताउनुभयो ।
0 comments
Post a Comment