ललितपुर, मंसिर २२ - सानेपाकी सरिता कार्की (नाम परिवर्तन) बाबुआमालाई 'जागिर छ' भन्दै दिनहुँ घरवाहिर निस्किन्थिन् ।
यौन व्यवसाय सञ्चालन गरेको आरोपमा उनीसहित पाँच महिलालाई प्रहरीले सोमवार पक्राउ गरेपछि बाबुआमाले उनको बास्तविकता थाह पाए ।
आफूलाई भेटन बाबुआमा प्रहरी परिसरमै आएको थाह पाएपछि उनले 'बाँच्नुको अर्थ नभएको भन्दै आत्महत्या गर्ने' चेतावनी दिएकी थिइन् । प्रहरीले ललितपुरको बल्खुस्थित एक घरबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पारिवारिक समस्या, आर्थिक अभाव र अन्य कारणले केही वर्षयता शिक्षित महिला र युवती समेत परिचान लगाएर 'यौन व्यवसाय' मा लागेको प्रहरीको भनाई छ । यौन व्यवसायका लागि चर्चित 'ठमेल' प्रति धेरैको चासो र गलत धारणा बढेपछि राजधानीका अन्य ठाँउमा समेत फ्ल्याट लिएर यौन व्यवसाय सञ्चालन गर्ने क्रम बढेको ललितपुरका प्रहरी उपरिक्षक विक्रम सिं थापाले बताए । 'एकान्त ठाँउमा फ्ल्याट लिएर यौन व्यवसाय सञ्चालन भएको सुचनाका आधारमा छापा मारेका हौं' उनले भने, 'फोन सम्पर्क मार्फत उनीहरुले घर घरमा युवती पुर्याउने गरेको समेत भेटिएको छ ।' प्रहरीले घटनास्थलबाट तीस थान कण्डम समेत बरामद गरेको छ ।
घटनावारे अनुसन्धान गरिरहेका प्रहरी नायव उपरिक्षक दिनेश आचार्यले पक्राउ परेकासँग कुराकानी गर्दा सबैले रोजगारीको अभाव र पारिवारिक झगडाका बाध्य भएर यौन व्यवसायमा लाग्नुपरेको बताए । 'अफिस छ भनेर आफ्नो पहिचान जोगाउन र सामाजिक बहिस्कारबाट बँच्न सजिलो भएको छ' उनले भने, 'कतिपय युवती बाबुआमा वा श्रीमानसँग रहेर पनि दिँउसो काम छ भन्दै यौन व्यवसायमा लाग्ने गरेका छन् ।' प्रहरीका अनुसार पक्राउ परेकी एक युवतीले १७ वषिर्य छोरी रहेको र श्रीमानले मजदुरी गर्ने गरेको बयान दिएकी छन् । 'एकजनाको कमाईले पुग्दैन' उनको भनाई उदृत गर्दै एक प्रहरीले भने, 'दिनभर काम गर्दा के फरक पर्छ र भनेर त्यहाँ जान थालेकी हुँ, मलाई पछुतो छैन ।'
एकान्त ठाँउमा सञ्चालन हुने फ्ल्याटमा सञ्चालकले तीनदेखि आठ/दशजना युवती राख्ने गरेको प्रहरीको भनाई छ । सञ्चालकले 'फ्ल्याट'मा पुग्ने प्रत्येकसँग एकदेखि दश हजाररुपैंयासम्म लिने गरेको प्रहरीको भनाई छ । त्यसवापत सञ्चालकले युवतीसँग कमिसन लिने गरेको प्रहरीले जनायो ।
प्रहरी नायव उपरिक्षक आचार्यले राजधानीको सीमित ठाँउमा रहेको यौन अन्यत्र समेत विस्तार हुन थालेको बताए । 'पक्राउ परेका अधिकांशले बाध्यताले यौन व्यवसायमा लाग्नुपरेको बताएका थिए' उनले भने, 'हामीले नियन्त्रणको प्रयास गरेपछि आर्थिक र सामाजिक समस्याका कारण यो फैलदो छ ।' प्रहरीले घटनावारे थप अनुसन्धान गरी पक्राउ परेकालाई कारवाही अघि बढाउने जनाएको छ ।
0 comments
Post a Comment